सिलगढी, २४ मे (सिलगढी क्रोनिकल) – सिलगढीका विधायक शंकर घोषको पहलमा आइतबार सिलगढीको बाघाजतिन पार्कमा “सोझै शंकर” कार्यक्रम आयोजना गरियो, जहाँ सिलगढीसहित मालदा, कूचबिहार र कोलकातालगायत विभिन्न जिल्लाका बासिन्दाहरू आफ्ना गुनासा, उजुरी र सुझावहरू लिएर उपस्थित भएका थिए।
कार्यक्रमका क्रममा सहभागीहरूले व्यक्तिगत समस्यादेखि लिएर जमिन कब्जा तथा नियुक्ति प्रक्रियामा भ्रष्टाचारजस्ता विभिन्न विषय उठाएका थिए। विधायक शंकर घोषले उपस्थितहरूको गुनासा ध्यानपूर्वक सुने र ती विषयहरू आवश्यक कारबाहीका लागि मुख्यमन्त्री तथा सम्बन्धित विभागसम्म पुर्याइने आश्वासन दिए।
कार्यक्रममा बोल्दै विधायकले यसअघि पनि यस्ता “सोझै शंकर” कार्यक्रम आयोजना गरिएको र आगामी दिनहरूमा सिलगढीका विभिन्न क्षेत्रमा निरन्तर सञ्चालन गरिने बताए।
उनले भविष्यमा सिलगढी नगर निगमअन्तर्गतका विभिन्न क्षेत्रमा वार्ड-वार “सोझै शंकर” कार्यक्रमसमेत आयोजना गरिने जानकारी दिए।

